समाचारसोमबार, कार्तिक १८, २०७०
माओवादीका झापा इञ्चार्ज पक्राउ
संबिधानसभा निर्बाचनको विरोध गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा—माओवादीका झापा इञ्चार्ज डिल्ली घिमिरेलाई प्रहरीले १७ कात्तिक राति ८ बजे काँकडभिट्टाबाट नियन्त्रणमा लिएको जनाएको छ ।
घिमिरेको गिरफ्तारीको कारणबारे आधिकारिकरुपमा केही जानकारी नदिइएपनि संबिधानसभा निर्वाचन विरोधी गतिबिधि रोक्न उनको गिरफ्तारी भएको बुझिएको छ ।
गोपाल गडतौला, झापा
