थप समाचारसोमबार, कार्तिक १८, २०७०
नवलपरासीमा १८ जुवाडे पक्राउ
ईलाका प्रहरी कार्यालय कावासोतीले दिब्यपुरीमा ३ जना र लुम्बिनी अञ्चल प्रहरी कार्यालय, भैरहवाको टोलीले कावासोतीमा १५ गरी १८ जना जुवाडे पक्राउ गरेको छ ।
दिब्यपुरीका जुवाडेबाट रु २३ हजार ३९० र एक सेट कौडा र कावासोतीका जुवाडेबाट रु १ लाख ४२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दशैं तिहारका बेला कावासोती क्षेत्रमा जुवा खेल्न आसपासका जिल्लाबाट समेत जुवाडेहरु जम्मा हुने गर्छन् ।
विद्रोही गिरी, नवलपरासी
