समाचारसोमबार, कार्तिक १८, २०७०

गाडी जल्दैमा निर्वाचन रोकिंदैनः रेग्मी

हिमालखबर

नेपाल सम्वत् ११३४ शुरु भएको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित सभामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले जनतालाई त्रसित बनाउन उम्मेदवारका गाडीमा आगजनींका घटना गराइएको भन्दै त्यस्ता सामान्य गतिविधिले निर्वाचनमा कुनै अवरोध नगर्ने बताएका छन् ।

रेग्मीले अराजक गतिविधिमा संलग्न जोकसैलाई पनि नछाडिने बताए । सरकारले एकीकृत सुरक्षा योजना लागू गरेर सुरक्षित रुपमा मतदान गर्ने वातावरण मिलाएको दाबी गर्दै सुरक्षा अवस्थाप्रति ढुक्क हुन पनि अध्यक्ष रेग्मीले आग्रह गरे ।

मुलुकमा विद्यमान सबै समस्याको एकीकृत समाधान संविधानसभा निर्वाचन भएकाले मतदाताले निर्वाचनको सदुपयोग गर्नुपर्ने रेग्मीको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>