समाचारसोमबार, कार्तिक १८, २०७०

आफ्नो पदावधि दलहरुको इच्छामाः उपराष्ट्रपति

हिमालखबर

रिपोर्टर्स क्लबले १८ कात्तिकम काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले दलहरुको सहमतिका आधारमा मुलुक चलेको भन्दै उनीहरुले चाहँदासम्म आफूहरु प्दमा बहाल रहने बताएका छन् ।

उपराष्ट्रपति झाले अहिलेसम्म मुलुक संविधान अनुसार नभई राजनीतिक दलको सहमतिमा चलेको स्पष्ट पारे ।

उनले निर्वाचन बहिस्कार गर्ने नेकपा–माओवादीको पक्षमा जनमत नरहेको भन्दै उनीहरु आफैं जनताबाट बहिस्कृत हुने दाबी गरे । “चुनावमा सहभागी नहुने दलहरुलाई नै घाटा लाग्छ, निर्वाचन बहिस्कार गर्नु भनेको आफू स्वयम्लाई बहिस्कार गरेको हो,” उनले भने ।

१२२ दल सहभागी निर्वाचन एउटा दलले बहिस्कार गर्दैमा फरक नपर्ने झाको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>