थप समाचारसोमबार, कार्तिक १८, २०७०
ताप्लेजुङमा आगलागीबाट करोडौंको क्षति
फुङलिङ–७ टुक्रेस्थित केसरी मादेनको घरबाट २:३० बजे शुरु भएको आगलागीबाट पाँचवटा घर जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक गोविन्द आचार्यले आगलागीबाट केशरी मादेन, भद्र बोखिम, दावा लामा, पृथ्बीध्वज लिम्बु र यज्ञ पतंङवाको घर जलेको जानकारी दिए । आगो नियन्त्रण गर्ने क्रममा अन्य ८ घरमा आंशिक क्षति भएको छ ।
आगलागी भएका घरहरुमा डेरा गरी बस्नेहरुको समेत धनमान जलेर नष्ट भएको छ । ताप्लेजुङमा दमकल नहुँदा आगो समयमै नियन्त्रण गर्न सकिएन ।
आगलागी भएको घरमा ब्यवसायीका सामान समेत रहेको र एक करोडभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
