समाचारमंगलबार, कार्तिक १९, २०७०

घरेलु हतियारसहित राप्रपा कार्यकर्ता पक्राउ

हिमालखबर

स्थानीयको विरोध पछि घटनास्थल पुगेको प्रहरीले राप्रपाका एघार जना युवा र उनीहरुले प्रयोग गर्दै आएको एउटा गाडी र ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । मेघौली गाविस–४ स्थित भङ्गाचोकमा रहेको चौधरीको माछा होटलबाट उनीहरुलाई खुकुरी, खुडा, रडलगायतका घरेलु हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

भे१च ११०९ नम्बरको टाटा मोबाइल चढी खाजा खान पुगेका राप्रपा कार्यकर्ताको होटल सञ्चालकसँग विवाद बढेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>