समाचारबुधबार, कार्तिक २०, २०७०

संविधान बनाउन दुईतिहाई चाहियोः दाहाल

हिमालखबर

२० कात्तिकमा झापाको काकडभिट्टामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली कांग्रेस र नेकपा एमालेलाई मुलुक चलाउन नसकेको आरोप लगाउँदै आगामी निर्वाचनमा आफ्नो दलले हार्दा देशलाई नोक्सान पुग्ने दाबी गरेका छन् ।

दाहालले भने, “क्रान्तिकारी पार्टीले हार्दा देशलाई बेफाइदा हुन्छ ।” निर्वाचन प्रचार केन्द्रित ‘मेची–महाकाली राष्ट्रिय जागरण अभियान’को झापाको काकडभिट्टामा उद्घाटन गर्दै दाहालले आफ्नो दललाई दुईतिहाई बहुमतले जिताउन मतदातासँग आग्रह गरे ।

कार्यक्रममा एमाओवादी नेता बाबुराम भट्टराईले मुलुकको आर्थिक विकासका लागि आफ्नो पार्टी मात्रै सक्षम भएको दाबी गरे । उनले भने, “अरुसँग आर्थिक बिकासको योजना छैन रहेछ ।”

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०६३ सालमा प्राप्त जनताको अधिकार सुनिश्चित गर्न एमाओवादीले बहुमत ल्याउनै पर्ने जिकिर गरे ।

एमाओवादी नेताहरुले आजै झापाका बिर्तामोड, दमक र मोरङका उर्लाबारी, पथरी, बेलबारी लगायतका आठ ठाँउमा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>