समाचारबुधबार, कार्तिक २०, २०७०

झापा र ताप्लेजुङबाट माओवादीका नेता-कार्यकर्ता पक्राउ

हिमालखबर

नेकपा—माओवादीका झापा कार्यालय सचिब बालकृष्ण बुढाथोकी, झापा अनारमनी गाँउ कमिटी सेक्रेटरी पृथ्बी न्यौपाने र जिल्ला कमिटी सदस्य आलम राजबंशीलाई प्रहरीले २० कात्तिकमा झापाबाट पक्राउ गरेको छ ।

उनिहरुलाई प्रहरीले सोमबार अबेर अलग अलग ठाँउबाट पक्राउ गरेको थियो । यसअघि १८ कात्तिकमा नेकपा—माओवादीका झापा इन्चार्ज डिल्ली घिमिरे काकडभिट्टाबाट पक्राउ परेका थिए ।

१७ कात्तिकमा झापाको बनियानीमा एमाओवादी नेताहरु चुनावी सभालाई सम्बोधन गर्न आउने भएपछि सडकमा अवरोध गरी एउटा बसमा आगजनीको प्रयास भएको थियो । त्यसपछि माओवादी कार्यकर्तामाथि निगरानी बढाएको प्रहरीले नेकपा—माओवादीका कार्यकर्ताहरुले पक्राउ गर्ने क्रम बढाएको छ ।
ताप्लेजुङमा ओवादीका ६ कार्यकर्ता पक्राउ
प्रहरीले ताप्लेजुङबाट नेकपा—माओवादीका ६ जना कार्यकतालाई पक्राउ गरेको छ ।
निर्वाचन प्रचारका लागि हिंडेका एमाओवादीका उम्मेदवारसहित कार्यकर्ताहरुमाथि आक्रमणमा संलग्न भएको आरोपमा ६ जना नेकपा– माओवादी कार्यकतालाई प्रहरीले २० कात्तिकमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ८ कात्तिकमा मेहेले गाविसमा एमाओवादी उम्मेदवार सञ्चपाल मादेनले आफू माथि आक्रमणमा संलग्न भएको भन्दै १८ जनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले नेकपा–माओवादीका कार्यकर्ता पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने र फरार हरुको खोजी कार्य तिब्र पारिएको प्रहरी नायव उपरीक्षक गोविन्द आचार्यले जानकारी दिएका छन् ।


गोपाल गडतौला, झापा / राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>