समाचारबुधबार, कार्तिक २०, २०७०
दैलेखमा तरुण दल नेताको हत्या
दैलेख, सल्लेरी–३ का तरुण दल जिल्ला सदस्य नवीन सिंह रानामगर घर नजिकैको खोल्सामा १९ कात्तिक साँझ मृत अवस्थामा फेला परेका हुन् । उनको घाँटीमा धारिलो हतियारले काटिएको र शरीरभर निलडाम भएको कांग्रेस दैलेखले जनाएको छ ।
रानामगरको हत्या राजनीतिक प्रतिशोधबाट प्रेरित भएको उनका आफन्तले बताएका छन् । रानामगरका बाबु दिलबहादुर रानामगरको २०६१ सालमा माओवादीले गोली हानी हत्या गरेको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सल्लेरी ३ का चारजना एमाले कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।
