समाचारबुधबार, कार्तिक २०, २०७०
काठमाडौंको विद्यालयमा बम
काठमाडौं लप्सीफेदीस्थित कालिकाशरण उच्चमाविमा विद्यालय हातामा एक थान सकेट र एक थान प्रेसरकुकर बम फेला परेको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक गोविन्द अधिकारीले बताएका छन् । २० कात्तिक बिहान फेला परेको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।
बम कसले राख्यो भन्नेबारे थाहा नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक दिनअघि मात्रै लप्सीफेदीकै कान्तिभैरव माविमा राखिएको बम पनि सेनाले निस्क्रिय पारेको थियो ।
रासस

