समाचारबुधबार, कार्तिक २०, २०७०

एनआरएन शाह नेपाली कांग्रेसमा

हिमालखबर

युरोप र खाडी क्षेत्रका ब्यवसायी एवम् गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष रामेश्वर शाह २० कात्तिकमा औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सिरहाको लहानका स्थायी बासिन्दा शाहलाई कांग्रेस सभापति सुशील कोइरालाले अबिर र माला लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा सभापति कोइरालाले देशका बौद्धिक र व्यवसायीक क्षेत्रमा क्रियाशील व्यक्तिहरुले नेपाली कांग्रेसलाई भरपर्दो पार्टीको रुपमा लिएको भन्दै मुलुकको शान्ति, समृद्धि र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस संधै क्रियाशिल रहेको बताए ।

नवप्रवेशी शाहले नेपाली कांग्रेसको सिद्धान्त, नीति र कार्यक्रम ज्यादा व्यवहारीक र उपयुक्त भएको भन्दै आर्थिक प्रगति, लोकतन्त्रको सुद्धृढीकरण र नागरिक स्वतन्त्रताका लागि आफू कांग्रेस प्रवेश गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>