समाचारबुधबार, कार्तिक २०, २०७०
‘माओवादीले मतदातालाई अवरोध नगर्ने’
रफत सञ्चार क्लब भक्तपुरले २० कात्तिकमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले निर्वाचनमा जनतालाई कुनै अवरोध नगर्ने र सहजरुपमा मतदान गर्न दिने बताएकी छन् ।
नेकपा–माओवादीलाई छाडेर हुन लागेको निर्वाचनले संविधान दिन नसक्ने दाबी गर्दै प्रवक्ता भुसालले भनिन्, ‘‘विदेशीको इसारामा माओवादीलाई छाडेर चारदल अगाडि गएकाले यो निर्वाचनको अर्थ छैन ।’’
चार दलका नेता र वर्तमान सरकारप्रति आरोप लगाउँदै उनले निर्वाचनले देशमा गृहयुद्ध निम्त्याउने खतरा बढ्दै गएको दाबी गरिन् ।
५ मंसीरपछि ३३ दलको आन्दोलन झनै सशक्त पार्ने भन्दै भुषालले भ्रष्ट र अपराधी चरित्र भएकाले आगामी संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएको आरोप लगाइन् ।
उनले भनिन्, “हाम्रो लडार्इँ देशभक्त प्रहरी, प्रशासन र मतदातासँग नभएकोेले माओवादीले मतदातालाई मतदान गर्न कुनै अवरोध गर्दैन ।”
रासस
