समाचारबिहीबार, कार्तिक २१, २०७०

लोकतान्त्रिक संविधान निर्माणको जिम्मा हाम्रोः नेता नेपाल

हिमालखबर

काठमाडौं निर्वाचन क्षेत्र नं २ स्थित साँखुमा मतदाता घरदैलो कार्यक्रमअन्तर्गत २१ कात्तिकमा आयोजित छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक अवसरहरु सिर्जना गरी मुलुकलाई लोकतान्त्रिक संविधान प्रदान गर्न सक्ने दृष्टिकोण आफ्नो पार्टीसँग रहेको बताएका छन् ।

उनले देशमा सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई सुदृढ गर्न बहुपहिचानसहितको सङ्घीयताको पक्षमा एमाले रहेको भन्दै संविधान निर्माणसँगै राजनीतिक अस्थिरता र सङ्क्रमणकालको अन्त्य हुनेमा जोडदिए ।

विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गर्दै लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्नका लागि एमालेलाई भोट दिन आग्रह गर्दै उनले एकवर्षमा संविधान निर्माण गरी आर्थिक विकासका तर्फ केन्द्रित हुने समेत बताए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>