समाचारबिहीबार, कार्तिक २१, २०७०
हार्नेहरु निर्वाचन भाँड्ने षडयन्त्र गर्दैछन्ः ओली
झापा– ७ बाट संविधानसभा सदस्य उम्मेदवार समेत रहेका एमाले नेता केपी ओलीले जो सुकैले षडयन्त्र गरे पनि ४ मंसीरमा संविधानसभा निर्वाचन भैछाड्ने बताएका छन् ।
२१ कात्तिकमा दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले हार्ने डरले केही दलका नेताहरुले भित्रभित्रै निर्वाचन विथोल्ने षडयन्त्र गरेको तर एमालेले त्यस्तो कदापी हुन नदिने बताए ।
उनले देशको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनको बिकल्प सोच्न समेत नसकिने भन्दै थपे, “सबैखाले अतिवादबाट मुलुकलाई जोगाउन र हिंसाको प्रभाव हटाउन एमाले बाहेक अरुले सक्दैनन् ।”
गोपाल गडतौला, हिमालखबर
