समाचारबिहीबार, कार्तिक २१, २०७०
डिआइजी थापाद्वारा सर्वोच्चमा रिट
जेष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादनको अङ्क विपक्षी अर्यालभन्दा बढी हुँदाहुँदै पनि महिला भएकै कारण आफूलाई बढुवाबाट बन्चित गरिनु कानुनीविपरीत भएको सो रिटमा जिकिर गरिएको छ ।
सरकारले गत १४ कात्तिकमा प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका अर्याललाई पनि विपक्षी बनाइएको छ ।
रासस
