समाचारशुक्रबार, कार्तिक २२, २०७०

संविधान निर्माणमा वैद्य माओवादी पनि समेटिन्छ: नेपाल

रासस

नेता नेपालले रिपोर्टर्स क्लबले काठमाडौंमा २२ कार्तिकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा निर्वाचन रोकिएमा देशलाई अरबौँ रुपियाँ घाटा पुग्ने हुँदा नेकपा–माओवादीलाई चुनाव बिथोल्ने कुनै कार्य नगर्न आग्रह गरे । नेपालले भने, “माओवादीलाई पनि संविधान निर्माणमा समेटिने छ, संविधान निर्माणमा कसैले पनि मेरा गोरुको बाह्रै टक्का भन्नु हुँदैन ।”

काठमाडौँ क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका नेता नेपालले ‘एनेकपा (माओवादी)ले काठमाडौँ-२ मा अर्धसैनिक पोसाकमा योङ कम्युनिस्ट लिगलाई सडकमा उतारेर जनतालाई मनोवैज्ञानिक त्रास दिन खोजेको’ आरोप लगाए । विगतमा माओवादी ठूलो दल भएकाले संविधान निर्माण र शान्ति प्रक्रियाका कार्य पूरा हुन नसकेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले बहुपहिचानसहितको सङ्घीयता, राष्ट्रियता, लोकतन्त्र, सामाजिक सद्भाव, शक्ति सन्तुलन, कानुनी राज्यको परिकल्पना र एक वर्षभित्र संविधान निर्माणमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै एक वर्षभित्र संविधान निर्माण हुन नसके विवादित विषयमा जनमतसङ्ग्रहमा जानुपर्ने विचार व्यक्त गरे ।

अर्काे एक प्रसङ्गमा उहाँले आगामी चैत–वैशाख महिनाभित्र स्थानीय निकायको निर्वाचन गरी त्यसमा महिला र युवालाई अधिकतम सहभागिता गराउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>