समाचारशनिबार, कार्तिक २३, २०७०

बन्द हड्ताल नगर्न उच्चस्तरीय समितिको आग्रह

रासस

उच्चस्तरीय समितिको २३ कात्तिकमा बसेको बैठकले बन्द हड्ताललगायतका कार्यक्रमहरू फिर्ता गर्न आग्रह गरेको एमाले नेता अग्नि खरेलले जानकारी दिए । निर्वाचनमा सहभागी राजनीतिक दलहरू, जनसमुदाय, निर्वाचन आयोग र नेपाल सरकार ४ मङ्सिरमा मतदान गर्न आतुर रहेको भन्दै समितिले मुलुकको भावना र चाहनाविपरित नजानसमेत सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

रोजगार, शिक्षा यातायात र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा खलल नपार्न र जनताको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको सम्मान गर्न समेत बैठकले आग्रह गरेको खरेलले जानकारी दिए ।

यस्तै बैठकले निर्वाचनमा जनताले मतदान गर्न पाउने नैसर्गिक अधिकारको हनन नगर्न सम्बद्ध पक्षलाई आग्रह गर्दै राजनीतिक दलहरूले निर्वाचनको तयारीमा गर्ने आमसभा र शान्तिपूर्ण गरिने प्रचारप्रसार कार्यमा अवरोध नपु¥याउनसमेत आग्रह गरेको छ ।

त्यस्तै बैठकले निर्वाचनमा सहभागी दलहरूले पनि चुनावी प्रचारप्रसारको कार्य गर्दा आपसमा झडप हुने कार्य नगरी तथा कुनै अप्रिय घटना हुन नदिई शान्तिपूर्ण वातावरण कायम गर्दै स्वस्थ चुनावी प्रतिस्पर्धा गर्न सबै दलहरूलाई आह्वान गरेको छ ।

निर्वाचनलाई सफल बनाउनका लागि नागरिक समाज, पेशागत संघ संस्था, सञ्चार जगत र आम नागरिकलाई अनुरोध गरिएको छ । एमाले नेता खरेलले समितिको संयोजक विजयकुमार गच्छदार र समितिमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूको सहमतिमा बैठक बसेको जानकारी दिए ।

बैठकमा एमाओवादीका तर्फबाट प्रल्हाद बुढाथोकी, नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठ, एमालेका खरेल, मधेसी मोर्चाका तर्फबाट परमानन्द मेहत्ता सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>