थप समाचारआइतबार, कार्तिक २४, २०७०

फिलिपिन्समा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

हिमालखबर

फिलिपिन्सका स्थानीय प्रहरी प्रमुखका अनुसार २२ कात्तिकमा आँधीले लेयटे द्वीपमा सबैभन्दा बढी क्षति पुर्‍याएको र त्यहाँ मात्रै १० हजार व्यक्ति मारिएको हुनसक्ने बताएका छन् ।

फिलिपिनो गृह सचिवले कयौं क्षेत्र भग्वनावशेषको थुप्रोमा परिणत भएकोले उद्दार कार्य निकै कठिन भएको बताएका छन् । अहिले रेडक्रस र सेनाले त्यसक्षेत्रमा उद्दार र राहत वितरण गरिरहेका छन् । आँधीसँगै आएको बाढीले धेरै सडक सञ्जाल ध्वस्त भएका छन् ।

फिलिपिन्समा रेडक्रसका महासचिव ग्वे डालएन पेंगले टेकलोबान शहरमा मात्रै सयौं शवहरु पानीमा तैरिरहेको देखिएको बताएका छन् ।

३२० किमी प्रतिघण्टाको गतिमा आएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधीले धेरै घरहरु भत्काएको छ भने कैयौँ ठाउँहरुमा भूस्खलन भएको छ ।

मनिलामा रहेका बीबीसी संवाददाताका अनुसार लेयटे द्वीपस्थित टेकलोबान शहरमा एयरपोर्टमा समेत ठूलो क्षति भएको छ जस्ले गर्दा अहिले त्यहाँ सैन्य विमान मात्रै अवतरण गर्न सकेका छन् ।

सबैभन्दा धेरै प्रभावित क्षेत्रसँग बाहिरी सम्पर्क पूरै विच्छेद भएकाले मृतकहरुको संख्या अहिलेसम्म एकिन हुन सकेको छैन ।

हेयान आँधी स्थानीय समयअनुसार २२ कात्तिक बिहान फिलिपिन्सको समूद्री किनारमा ठोक्किएको थियो । आँधीको गति त्यसबेला ३८० किमी प्रतिघन्टा थियो । समूद्रमा १५ मिटर माथिसम्म छाल उठेको थियो र करिब ४०० मिलिमिटर वर्षा भएको थियो ।

आँधीबाट फिलिपिन्सको दोस्रो ठूलो शहर सेबु र राजधानी मनिलामा समेत परेको छ ।

अमेरिकी विदेश मन्त्रालयले आँधी प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यका लागि हेलिकप्टर, विमान र सैनिक संसाधनको मद्दत गर्ने भएको छ ।

अहिले आँधी भियतानमतर्फ बढीरहेको बताइएको छ । स्थानीय अधिकारीहरुले ६ लाख व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारेका छन् भने राहत र उद्दारका लागि सरकारले ब्यापक तयारी गरिरहेको छ ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>