थप समाचारआइतबार, कार्तिक २४, २०७०

निर्वाचनमा महिलालाई जिताउन अभियान

हिमालखबर

महिला उम्मेदवारलाई विजयी गराउने अभियान अन्तर्गत २४ कात्तिकमा काठमाडौंको खुलामञ्चमा आयोजित छलफलका सहभागी । तस्वीर: देवकी बिष्ट

‘भोट कसर्लाइ ? नेतृलाई’ भन्ने नारा लिएको अभियानले पछाडी पारिएका तथा सीमान्तकृत वर्गलाई विशेष अधिकारका साथ राज्यका हरेक निकायमा समानुपातिक सहभागिता र अधिकार सुनिश्चित गराउनका लागि पहल गर्ने जनाएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलालाई १० प्रतिशत मात्र उम्मेदवारी दिनु विभेदकारी नीति भएको पनि अभियानले जनाएको छ । त्यसैगरी अभियानले प्रत्यक्षतर्फ ६३४३ उम्मेदवारमध्ये महिला ६७२ मात्रै हुनु र त्यो पनि विपक्षी दलका ठूला नेताहरुसँग प्रतिष्पर्धा हुनुले विजयी हुने महिलाहरुसंख्या निकै कम हुने भन्दै निर्वाचन प्रणाली नै विभेदकारी भएको आरोप लगाएको छ ।

संविधान सभामा महिलाहरुको संख्या बढाउन जुनसुकै दलका वा स्वतन्त्र भए पनि महिला उम्मेदवारहरुलाई जिताउन अभियानले सबैमा अपील गरेको छ ।

नीति निर्माण तहमा महिलाको पहुँच नभएसम्म महिला माथि हुने हिंसा कायमै रहने भएकाले उल्लेख्य संख्यामा महिलाहरु संविधान सभामा पुग्नु जरुरी रहेको पनि अभियानले २४ कात्तिकमा गरेको छलफलका सहभागीहरुले बताए ।
अभियानमा स्वतन्त्र र दलगत गरी ६५ जना नेतृ र विभन्न गैरसरकारी संघ संस्थाका महिलाको उल्लेख्य सहभागिता थियो ।
मिना शर्मा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>