समाचारसोमबार, कार्तिक २५, २०७०

खनालको घरमा आगो लगाउने पक्राउ

हिमालखबर

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरमा आगजनीको प्रयास भएको छ । इलाम क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका अध्यक्ष खनालको इलाम साँखेजुङ ४ स्थित घरमा २४ कात्तिक राती आगजनीको प्रयास भएको हो ।

आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रण लिएको इलाम प्रहरीले जनाएको छ । तर अनुसन्धानमा अवरोध पुग्ने भएकाले पक्राउ परेकाको परिचय भने खुलाएको छैन ।

राती साढे ११ बजे दुई जना व्यक्ति आएर पेट्रोल छर्किएर खनालको घरमाआगो लगाएका थिए । ‘घरमा को—को छौ, बाहिर निस्क’ भन्दै पेट्रोल छर्किएर दुई जनाले आगो लगाएको खनालकी भतिजी शान्ती अधिकारीले जानकारी दिइन् ।

समयमै आगो नियन्त्रणमा लिएकाले घरमा भने धेरै क्षति हुन नपाएको उनले बताइन् । आगलागी भएको जानकारी पाएलगत्तै साँखेजुङ पुगेका प्रहरी टोलीले अहिले पनि घरको सुरक्षा दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>