समाचारसोमबार, कार्तिक २५, २०७०

अपहरणमा परेका उम्मेदवार मुक्त

हिमालखबर

नेकपा–माओवादीले २५ कात्तिक बिहान अपहरण गरेका झापा क्षेत्र नम्बर–३ का नेकपा मालेका उम्मेदवार नवराज खरेल दिउँसो तीन बजे अपहरणमुक्त भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ झापाको पहलमा नेकपा–माओवादीले अपहरणमुक्त गरेको हो ।

माओवादीले ‘चुनावको औचित्य छैन’ भन्ने विज्ञप्ति जारी गर्न लगाएर खरेललाई अपहरणमुक्त गरेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । पोखरेलकाअनुसार उनलाई दक्षिणी झापाबाट मुक्त गरिएको हो ।

झापाको जलथल गाविस–३ घर भएका नेकपा मालेका उम्मेदवार खरेल २५ कात्तिक बिहान अपहरणमा परेका थिए । उनलाई कसले अपहरण गर्‍यो भन्ने बिहान थाहा नभए पनि अपहरणमुक्त गर्ने बेलामा भने नेकपा–माओवादीको संलग्नता रहेको खुलेको हो ।

———————————————————————————————————————————

झापामा उम्मेदवारको अपहरण

झापाको निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा मालेका उम्मेदवार नवराज खरेल अपहरणमा परेका छन् ।

हिमालखबर

सोमबार , २५ कात्तिक २०७० १:४८ पम

झापाको जलथल गाविस–३ घर भएका नेकपा मालेका तर्फबाट संविधानसभा सदस्य उम्मेदवार नवराज खरेल २५ कात्तिक विहान अपहरणमा परेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बिहान घरमै रहेका उम्मेदवार खरेललाई ३–४ जनाको समूहमा आएका व्यक्तिले बोलाएर लगेको र त्यसपछि उनी सम्पर्क बिहिन भएको पारिवरिक स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ भने कस्ले र किन अपहरण गरेको भन्ने खुल्न सकेको छैन ।
गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>