समाचारसोमबार, कार्तिक २५, २०७०

वैज्ञानिक दयानन्द वज्राचार्यको निधन

हिमालखबर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुपलपति प्राध्यापक दयानन्द वज्राचार्यको ६९ वर्षको उमेरमा २५ कात्तिक विहान निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि काठमाडौंको ओम अस्पताल पुर्‍याइएका बज्राचार्यलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

लामो समयदेखि ‘पल्मोनरी डिजिज’बाट पीडित वैज्ञानिक बज्राचार्यको यसअघि फोक्सोको शल्यक्रिया गरिएको थियो।

जर्मनीको फ्राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा पिएचडी गरेका वज्राचार्य लामो समय प्राध्यापन पेशामा पनि थिए । उनी दुई अवधि नास्टमा उपकुलपति बनेका थिए।

तीनवटा कृति समेत लेखेका बज्राचार्यले अखबारी लेखन समेत गर्थे ।

बज्राचार्यका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>