समाचारसोमबार, कार्तिक २५, २०७०
लोकतन्त्रविरोधीको हार निश्चितः कोइराला
बाँके क्षेत्र नम्बर ३ का उम्मेद्वार समेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले २५ कात्तिकमा बाँकेमा कोणसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक संविधान बनाउनका लागि कांग्रेसलाई दुई तिहाई मत दिन आग्रह गरेका छन् । उनले लोकतन्त्रविरोधी धारमा हिंडेका राणा, पञ्चायत र राजतन्त्रको पतन भएको भन्दै एमाओवादीको पनि उस्तै हविगत हुने दाबी गरे ।
एमाओवादीले मुलुकमा सर्वसत्तावाद लाद्न चाहेको भन्दै कोइरालाले कसैको डर त्रास साथै लोभलालचमा नफस्न मतदाताहरुलाई आग्रह गरे ।
उनले एमाओवादी र मधेशवादीले कांग्रेसलाई संघीयताविरोधी भनेर प्रचार गरेकोमा आपत्ति जनाउँदै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने सहमतिमा सबभन्दा पहिले गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको स्मरण गरे ।
तुफान न्यौपाने, नेपालगञ्ज
