समाचारसोमबार, कार्तिक २५, २०७०
एमाओवादीको सभामा बम प्रहार
एमाओवादीले ताप्लेजुङको फुङलिङ बजारमा २५ कात्तिक दिउँसो आयोजना गरेकोे सभामा बम प्रहार भएको छ । नचिनेको मान्छेले सभा भइरहेको स्थलमा बम प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बम बिष्फोट भने हुन पाएन । नपड्किएको बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको बम डिष्पोजल टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
