समाचारमंगलबार, कार्तिक २६, २०७०
यात्रु चढेको माइक्रोबसमा बम प्रहार
ललितपुरको कुमारीपाटीमा गुडिरहेको माइक्रोबसमा बन्दकर्ताले पेट्रोल बम प्रहार गरेका छन् । लगनखेलबाट रत्नपार्क तर्फ गइरहेको बा १ ज ६२८८ नम्बरको माइक्रोबसमा लुकेर बन्दकर्ताले बम प्रहार गरेको हुन् ।
बम प्रहारले माइक्रोबसको पछाडिको शिसा फुटेको र माइक्रोबसमै सवार एक बालक घाइते भएको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते बालक अभिषेक लामालाई उपचारका लागि पाटन अस्ताल लगिएको छ ।
प्रहरीले पेट्रोल बम प्रहार गर्नेको खोजि तीब्र पारेको जनाएको छ ।
