थप समाचारमंगलबार, कार्तिक २६, २०७०
एमाले नेताको घरमा बम
एमाले नेता एवम् सुनसरी क्षेत्र नम्बर– ६ का उम्मेद्वार भीम आचार्यको मधेशास्थित घरमा २५ कात्तिक राति बम फेला परेको छ । घरको मूलगेटमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख गणेश थापाले जानकारी दिए ।
त्यसैगरी सुनसरीमै एमाओवादीको जिल्ला पार्टी कार्यालय पनि बम फेला परेको प्रहरीले जनाएको छ । कार्यालयमा फेला परेको बम निर्वाचनको विरोध गर्नेहरुले आतंक सृजना गर्न राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सीता मादेम्बा, धरान
