थप समाचारमंगलबार, कार्तिक २६, २०७०

गुडिरहेको बसमा ह्वारह्वारती आगो

हिमालखबर

फाइल तस्वीर: ३० भदौमा काभ्रेको बनेपामा नेकपा-माओवादीले आगो लगाएको बस ।

सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना ४ ख ४७३४ नम्बरको बस चितवनको कविलास पुगेपछि डाँडामाथिबाट पेट्रोलसहित आगो फालिएपछि बसमा आगो दन्कियो भने यात्रुहरुले हाम फालेर ज्यान बचाए । उक्त बसलाई प्रहरीले स्कर्टिङ्ग गरिरहेको थियो ।

२५ कात्तिक राति १ बजे चितवनको कविलास नजिक बसमा आगजनी हुँदा बस क्षतिग्रस्त भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय रातउले जानकारी दिएका छन् ।

डाँडामा ५–६ जना जना व्यक्ति देखिएको र उनिहरुले बसको पछाडिको भागमा आगोको मुस्लो फालिदिएको प्रहरी चौकी जुगेडीका इन्चार्ज कृष्ण बहादुर थापाले बताए । स्कर्टिङ्ग गाडी भन्दा बस पछाडि भएकाले जल्नबाट रोक्न नसकिएको प्रहरीले जनाएको छ । जलेको बस अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र यात्रुहरुलाई अन्य गाडीबाट गन्तव्यतर्फ पठाइएको छ ।

नेकपा–माओवादीका जिल्ला सेक्रेटरी मुधर नेपालले भने घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

सविता श्रेष्ठ चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>