थप समाचारमंगलबार, कार्तिक २६, २०७०
एमाओवादीको भ्रष्टाचार क्षम्य छैनः ओली
झापाको दमक–१० मा २६ कात्तिकमा आयोजित सभामा एमाले नेता केपी ओलीले एमाओवादीले लडाकुका नाममा करौडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अबको संविधानसभामा लडाकुले समेत एमाओवादीलाई साथ नदिने दाबी गरेका छन् ।
ओलीले सुकुम्बासी समस्या समाधानका नाममा एमाओवादीले भ्रष्टाचार गरेको तर वास्तविक सुकुम्बासीलाई धनीपुर्जा वितरण नगरेको आरोप लगाए । “आयोगका नाममा कमाउ धन्दा बनाएको थियो”उनले भने, “जनता ठग्नेबाहेकका काम भएनन् ।”
ओलीलाई स्थानीयवासीले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिदिन माग समेत गरेका छन् ।
