समाचारमंगलबार, कार्तिक २६, २०७०
पर्यटकको गाडीमा बम प्रहार
मनकामनाको दर्शन गरेर पोखरा जाँदै गरेको भारतीय पर्यटक सवार एउटा कार र अर्को जीपमा २६ कात्तिक साँझ तनहुँको घाँसी कुवाँ–१ नहालेमा अपरिचिति व्यक्तिले पेट्रोल बम प्रहार गर्दा दुई जना भारतीय पर्यटक सामान्य घाईते भएका छन् ।
कारको अगाडिको सिट केही जलेको छ भर्ने जीपको सिसा फुटेको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको दोस्रो दिन साँझ सवा ६ बजे सँगै रहेका दुबै गाडिमा बम प्रहार भएको हो । सीसा फुटेर घाईते २ भारतीय पर्यटक सामान्य उपचारपछि फर्केका छन् ।
घटना भएको केहीबेरमै खबर पाएकाले प्रहरी र सशस्त्र प्रहरीले घाईतेको उद्धार गरेको ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
पवन पौडेल, तनहुँ
