समाचारबुधबार, कार्तिक २७, २०७०

चर्चा पाउन उम्मेदवार वेपत्ताको हल्ला !

हिमालखबर

झापाबाट दुई जना उम्मेदवार बेपत्ता भएको भनिएकोमा क्षेत्र नं ५ बाट नेपाल आमा पार्टीकी उम्मेदवार चिन्तादेवी ढुङ्गेल २७ कात्तिक बिहान जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आइसकेकी छन् । उनी झापाकै चन्द्रगढीस्थित आफ्नी बहिनीको घरमा गएको प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले बताए ।

सतासीधाम–८ स्थित माइधाराबाट बेपत्ता भएको भनेर २६ कात्तिकमा पार्टीले विज्ञप्ति जारी गरेपछि उनी अपहरणमा परेको हल्ला चलेको थियो ।

त्यस्तै झापा क्षेत्र नं ३ का सङ्घीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार गोपाल थेवे पनि २६ कात्तिक साँझदेखि बेपत्ता भएका अहिलेसम्म सम्पर्कविहीन छन् ।

उम्मेदवारहरु बेपत्ता भएको समाचारले उनीहरुको चर्चा बढदै गएकोले बढी चर्चामा आउन पनि बेपत्ता भएको हल्ला चलाउने गरिएको हुनसक्ने तर्फ सजग हुनुपर्ने प्रजिअ नेपालले बताए ।

त्यस्तै झापा–३ बाट नेकपा मालेका उम्मेदवार नवराज खरेललाई सोमबार बिहान ५:३० बजेको समयमा आफ्नै घरबाट दुईवटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले बसाएर लगेका थिए । १० घन्टापछि उनी सम्पर्कमा आएका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>