थप समाचारबुधबार, कार्तिक २७, २०७०
चितवनमा बन्द गराउने एघार पक्राउ
चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय राउतका अनुसार चितवनको मुग्लिन, रामनगर, भरतपुर तथा रामपुरलगायत क्षेत्रबाट पक्राउ गरिएका ११ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
बन्द गराउँदै हिंडेका बेला पक्राउ परेका उनीहरुमध्ये कतिपय आपराधिक क्रियाकलापमा संलग्न रहेको र अनुसन्धान भइरहेको राउतले जानकारी दिए । पक्राउपरेकामध्ये बाटै बम बनाउने सूत्रसमेत बरामद गरिएको राउतले बताए ।
उनीहरुमध्ये अधिकांश जिल्ला बाहिरका रहेको प्रहरीले जनाएको छ ।
वैद्य मोर्चाको हडतालसँगै जिल्लामा आपराधिक गतिविधि बढेपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । २६ कात्तिकमा मात्रै चितवनको जुगेडीमा गुडिरहेको बसमा आगजनी गरिएको थियो भने ठाउँठाउँमा बम र शङ्कास्पद वस्तु फेला परेको थियो ।
यसैबीच बन्दका बेला पनि जिल्लामा सवारी सञ्चालन अन्य दिनको जस्तै भएको भएको प्रहरीले जनाएको छ ।
