समाचारबुधबार, कार्तिक २७, २०७०
अधिकारी दम्पतीको स्वास्थ्य अवस्था गम्भीर
सरकारले छोराका हत्यारालाई कारवाही नगरेको भन्दै दोस्रोपटक आमरण अनशन बसेका गोरखा फुजेलका अधिकारी दम्पती बोल्नसमेत नसक्ने अवस्थामा पुगेको उनका जेठा छोरा नुरप्रसाद अधिकारीले जानकारी दिएका छन् । छोराका हत्यारालाई तुरुन्तै पक्राउ गरी कार्वाही गर्नुपर्ने माग राखेर अधिकारी दम्पती वीर अस्पतालमा दोस्रो पटक आमरण अनशनमा बसेका
“बुवाआमालाई अहिले स्लाइन दिएर वीर अस्पतालमा राखिएको छ, अवस्था नाजुक छ,” नुरप्रसादले भने । अधिकारी दम्पतीले पछिल्लो पटक ७ कात्तिकदेखि वीर अस्पतालमै अनशन थालेका हुन् । उनीहरुलाई हाल वीर अस्पतालको विशेष वार्डको बेड नम्बर १६ र १७ मा राखिएको छ । माग पूरा नभएसम्म अनशन नतोड्ने अडान अधिकार दम्पतीले राख्दै आएका छन् ।
अधिकारीका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई माओवादी कार्यकर्ताले २४ जेठ २०६१ मा अपहरण गरी हत्या गरेका थिए ।
यसअघि कृष्णप्रसाद हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीविरुद्ध सरकारी वकिलको कार्यालय चितवनले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता नगरेपछि उनी २५ दिनपछि १४ असोजमा छुटेका थिए ।
वकिलले मुद्दा दर्ता नगरेपछि हत्या आरोपी अधिकारी रिहा
यसैगरी आफूलाई पुनःबहाली गर्नुपर्ने माग गर्दै ५७ दिनदेखि आमरण अनशन बस्दै आएका पूर्वप्रहरी राजकुमार कामतीको स्वास्थ्य अवस्था पनि चिन्ताजनक भएको छ ।
वैकल्पिक सुरक्षा निकायमा समावेश वा समयावधिको आधारमा निवृत्तिभरण वा अन्य उचित समाधान खोज्नुपर्ने माग गर्दै २ असोजदेखि उनी अनशनमा छन् । रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बसेका कामतीलाई १३ असोजमा प्रहरीले उपचारका लागि भन्दै वीर अस्पतालमा लगेको थियो । अहिले कामतीलाई वीर अस्पतालको सघन उपचार कक्षमा राखिएको द्वन्द्वपीडित सेना प्रहरी राष्ट्रिय सङ्घर्ष समितिका संयोजक टेकबहादुर थापाले जानकारी दिए ।
अधिकारी दम्पतीले अनशन तोडे

