समाचारबुधबार, कार्तिक २७, २०७०

थापालाई निर्वाचन खल्लो

हिमालखबर

वीरगन्जमा २७ कात्तिकमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलको गलत चिन्तनका कारण माओवादीलगायतका दलहरू निर्वाचन प्रक्रियाबाट अलग्गिएपछि मुलुकमा निर्वाचनको वातावरण खल्लो बनाउनुका साथै असहजसमेत भएकोे बताएका छन् ।

अहिले मुलुक राजनीतिक र संवैधानिक सङ्कटको चक्रब्यूहमा फसेको भन्दै थापाले ४ मंसीरको  निर्वाचनलाई  चक्रब्यूह तोड्ने अवसरको रूपमा प्रयोग गर्न सबैलाई अपिल गरे ।

अन्य नेताहरुले भन्ने गरेजस्तै संविधानसभाको निर्वाचन सम्पन्न भएपछि माओवादी सम्मिलित मोर्चालाई संविधान निर्माणको प्रक्रियामा सम्मानजनक रूपले सहभागी गराउनुपर्ने थापाले पनि धारणा ब्यक्त गरे ।

आगामी संविधानसभामा राप्रपा नेपाल चौथो शक्तिको रूपमा स्थापित हुने दाबी गर्दै थापाले आफ्नो पार्टीलाई प्रत्यक्षभन्दा समानुपातिकबाट धेरै मत आउने पनि दाबी गरे ।

वीरगञ्ज उपमहानगरपालिकाको वडा नं १४ र १५ मा बिहान भएको घरदैलो तथा चुनाव प्रचारमा सहभागी हुँदै अध्यक्ष थापाले हिन्दुधर्मको रक्षा र राष्ट्रिय एकताका लागि राप्रपालाई मतदान गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>