समाचारबुधबार, कार्तिक २७, २०७०

माइक्रोबसमा पेट्रोल बम प्रहार, चार घाइते

हिमालखबर

नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको तेस्रो दिन २७ कात्तिकमा काठमाडौंको गोंगबुमा यात्रु लिएर गुडिरहेको माइक्रोबसमा पेट्रोलबम प्रहार हुँदा ४ जना घाइते भएका छन् ।

पेट्रोेल बम प्रहार गर्नेहरुको पहिचान हुन नसकेको र घाइतेहरुलाई ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।

करिब सवा ५ बजे बालाजुबाट महाराजगञ्जतर्फ गइरहेको बा १ ज ९८९१ नम्बरको माइक्रोबसमा पेट्रोल बम प्रहार भएको उनले बताए । बम प्रहारबाट माइक्रोमा समेत क्षति पुगेको छ ।

उपत्यका लगायत देशका विभिन्न भागमा बम विष्फोट, पेट्रोल बम प्रहार, आगजनी र नक्कली बम राखेर सर्वसाधारणलाई आतंकित पार्न खोजिए पनि देश भर नै बन्दको प्रभाव भने निकै कम परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>