थप समाचारबुधबार, कार्तिक २७, २०७०

४४ कार्यकर्ताले नेकपा–माओवादी छाडे

हिमालखबर

जाजरकोटको दल्लीमा २७ कात्तिकमा पत्रकार सम्मेलन गरेर नेकपा–माओवादीका ४४ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुले पार्टीले हिंसात्मक गतिविधि शुरु गरेको र त्यसमा आफूहरुको असहमति भएको बताए ।

नेकपा–माओवादी छाड्नेमा जिल्लास्तरीय नेता नरबहादुर गिरी, नारायण खत्री, विज्ञान पुन, भरत रावल, नरबहादुर नेपाली, लालबहादुर थापा लगायत छन् । उनीहरुले सामूहिकरुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

केन्द्रीय नेतृत्वले शान्तिपूर्ण बहिष्कार गर्ने भने पनि हिंसात्मक गतिविधि भइरहेको उनीहरुको आरोप छ । बम पड्काउने, भौतिक आक्रमण लगायतका गतिविधिले जनताको अधिकार कुण्ठित हुन थालेकाले आफूहरु नेकपा–माओवादी छाड्न बाध्य भएको उनीहरुले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>