समाचारबुधबार, कार्तिक २७, २०७०
जातीय राज्यको भ्रममा नपर्न कोइरालाको आग्रह
संखुवासभाको चैनपुरमा आयोजित चुनावी सभालाई २७ कात्तिकमा सम्बोधन गदैै कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले जातीय द्वन्द्व फैलाउनका लागि जातीय राज्यको कुरा उठाइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् ।
मुलुकमा सवै जातजातिको हितमा हुने खालको संघीयताको पक्षमा आफ्नो पार्टी रहेको भन्दै कोइरालाले कांग्रेसको बहुमत आएमा मात्रै लोकतान्त्रिक संविधान बन्ने दाबी गरे ।
निर्वाचनको विरोध गर्ने नेकपा–माओवादी लगायतका दलहरु आफै समाप्त भएर जाने कोइरालाको चेतावनी छ ।
माओवादीले हिंसा र गरीबी बढायोः गगन
सभालाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता गगन थापाले संविधानसभाको निर्वाचनमा काँग्रेसले वहुमत ल्याउने दावी गरे । मुलुकले विगतका चार वर्र्षमा चारवटा कम्युनिष्ट प्रधानमन्त्री पाए पनि जनताले विकासको गन्ध समेत नपाएको भन्दै माओवादीका कारण मुलुकमा हिंसा, अराजकता र गरीवी वढेको थापाको आरोप थियो ।
छेटु शेर्पा,सङखुवासभा
