थप समाचारबुधबार, कार्तिक २७, २०७०
कांग्रेस उम्मेदवार एमाओवादीको घेरामा, सभा गर्न दिइएन
नेपाली कांग्रेस रुकुम क्षेत्र नम्बर– २ का उम्मेदवार गोपालजी जंग शाहसहितको टोली २७ कात्तिक विहान निर्वाचन प्रचारका क्रममा सिम्ली गाविस पुग्दा उनीहरुलाई एमाओवादी कार्यकर्ताले घेराबन्दीमा पारेर कुटपिट समेत गरेको कांग्रेस रुकुमले जनाएको छ ।
एमाओवादी कार्यकर्ताहरुले शाह सहितको टोलीलाई सिम्लीमा कार्यक्रम समेत गर्न नदिई दुव्र्यबहार गरेको र एमाओवादीको आक्रमणबाट कांग्रेस महासमिति सदस्य खड्गबहादुर डाँगी र कार्यक्रमस्थलमा पुगेकी एक जना स्थानीय वृद्धा घाइते भएको उम्मेदवार शाहले बताए ।
रुकुमको गराइला गाविसमा २६ कात्तिकमा कार्यक्रम गरेर शाहसहित सिम्ली पुगेका चुनावी टोलीलाई कतै जान नदिई चारैतिरबाट घेरेर राखेको भन्दै आफ्नो जीत सुनिश्चित भएकोले एमाओवादी अत्तालिएको शाहले दाबी गरेका छन् ।
लक्ष्मण केसी, रुकुम
