थप समाचारबिहीबार, कार्तिक २८, २०७०

एमाले र संघीय समाजवादीबीच झडप

हिमालखबर

धनकुटाको खुवाफोकमा २७ कात्तिक राति नेकपा एमाले र संघीय समाजवादी पार्टीका कार्यकर्ताबीच झडप हुँदा संघीय समाजवादी डाँडाबजारका अध्यक्ष लालबहादुर लिम्बु र युथ फोर्स कार्यकर्ता दीपक याक्खा घाइते भएका छन् ।

घाइते दुबैको डाँडाबजार स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । झडपमा संघीय समाजवादी कार्यकर्ताले प्रयोग गरेको को ९ प ३३१२ र को ४ प ४१३८ नम्बरको मोटरसाइकल जलेर पूर्णरुपमा नष्ट भएको राजारानीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले मोटरसाइकल जलाउनेको पहिचान हुन नसकेको बताए ।

दुवै पक्षले आक्रमणको दोष एकअर्कोमाथि लगाएका छन् । एमाले खुवाफोक गाउँ कमिटी अध्यक्ष राजकुमार राईले समाजवादीका कार्यकर्ता आक्रमण गर्न आएकाले प्रतिकार गरेको बताए भनेसंघीय समाजवादीका जिल्ला अध्यक्ष लोकबहादुर चेम्जोङले आफ्ना कार्यकर्ताहरु बुढिमोरङ जाने क्रममा एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप लगाए ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>