समाचारबिहीबार, कार्तिक २८, २०७०
कांग्रेस कार्यकर्तामाथि एमाओवादीको आक्रमण
एमाओवादीका कार्यकर्ता सुरेश थापाको नेतृत्वमा आएको समूहले आक्रमण गर्दा ओखलढुंगामा नेपाली कांग्रेस महासमिति सदस्य जितेन्द्रबहादुर कार्कीसहित चार जना कार्यकर्ता गम्भीर घाइते भएको कांग्रेस ओखलढुंगाले जनाएको छ ।
आक्रमणमा घाइते हुनेमा कांग्रेस महासमिति सदस्य कार्की, जिल्ला कार्यसमिति सदस्य अजय लुईटेल र क्षेत्र नं २ का सचिव वद्री कार्की र नेपाल विद्यार्थी संघका जिल्ला नेता घाइते भएका छन् ।
चुनाव प्रचार सकेर सुतीरहेको अवस्थामा २७ कात्तिक राति ११ बजे थापा नेतृत्वको समूहले आक्रमण गरेको नेपाली कांग्रेस ओखलढुङ्गा क्षेत्र नं २ का उम्मेदवार रामहरि खतिवडाले जानकारी दिए । आक्रमणपछि एमाओवादीका कार्यकर्ताले उनीहरुसँग रहेका ७ वटा मोवाईल सेट समेत लुटेर लगेको खतिवडाले बताए ।
