समाचारबिहीबार, कार्तिक २८, २०७०

बन्द फिर्ता लिन सद्भावनाको आग्रह

हिमालखबर


सद्भावना पार्टीले बन्द हड्ताल गर्ने कार्य तत्कालै रोक्न बन्दकर्ता दलसँग आग्रह गरेको छ । सद्भावनाले २८ कात्तिकमा विज्ञप्ति निकालेर बन्द हड्ताल मानवता बिरोधी कार्य भएकाले तत्कालै रोक्न बन्दकर्ता दललाई भनेको छ ।

निर्वाचन बिथोल्न बम बिष्फोटन गराउने घटनाप्रति भत्र्सना गर्दै सद्भावनाले मानवता बिरोधी कार्य रोक्नुपर्नेमा जोड दिएको छ । उसले देशभरका मतदाता मत खसाल्न आतुर रहेकाले निर्वाचनमा सहयोग गर्न सबैसँग आग्रह गरेको छ ।

निर्वाचन बिरोधी गतिविधि गर्नेलाई सरकारले कानुनी कारवाही गर्नुपर्नेमा सद्भावनाको जोड छ । उसले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>