समाचारबिहीबार, कार्तिक २८, २०७०
दाहालका कार्यकर्ताबीच कुटाकुट, १० घाइते
२८ कात्तिक साँझ भएको झडपमा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा बहादुर महरा(५०), खेलावन महरा(५५), नथुन मुखियालगायत छन् । हिमाल संवाददाताका अनुसार घाइतेहरूको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भईरहेको छ ।
करिब तीन महिनाअघिको दुई समुदायबीचको विवादले उग्र रुपलिएपछि एमाओवादीमै आवद्ध कार्यकर्ताहरूबीच झडप भएको हो । घटना विवरण अनुसार स्थानीय महरा र मुखिया समुदायका युवा–युवतीको प्रेमविवाहलाई लिएर असन्तुष्ट अभिभावकहरूबीच झडप भएको हो ।
