समाचारशुक्रबार, कार्तिक २९, २०७०
पैसा बाँड्नेसँग सतर्क रहन नेपालको आग्रह
काठमाडौं निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका एमाले नेता माधवकुमार नेपालले २९ कात्तिकमा गोठाटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मतदातालाई आर्थिक प्रलोभनमा पारी मुलुकलाई पाँच वर्षसम्म लुट्न खोज्नेहरुबाट सचेत रहन मतदातालाई आग्रह गरेका छन् ।
एमालेले निर्वाचन नजिकिंदै गर्दा एमाओवादीले पैसाको मोह र हिंसाको त्रास देखाएर मतदातालाई प्रभाव पार्न खोजेको दाबी गरेको छ ।
नेकपा एमालेका पक्षमा देशभर जनलहर देखेपछि अत्तालिएकाहरु पैसा र हिंसाको प्रयोगमा ओर्लिएको नेता नेपालको भनाई छ ।
उनले मुलुकलाई प्रगतिशील संविधान, राजनीतिक स्थिरता तथा जनताको आर्थिक र सामाजिक रूपान्तरणका लागि एमालेलेलाई भोट दिन पनि आग्रह गरे ।
निर्वाचन सम्पन्न भएसँगै असन्तुष्ट दलसँग वार्ता गरेर उनीहरुलाई संविधान निर्माण प्रक्रियामा ल्याइनुपर्ने नेपालको धारणा थियो ।
