समाचारशुक्रबार, कार्तिक २९, २०७०
सानो दलको ठूलो खर्च
२९ कात्तिकमा नेपाल परिवार दलका अध्यक्ष संखुवासभाको तुम्लिङटार र चैनपुरमा हेलिकप्टरबाटै पुगेर चुनावी कार्यक्रम गरेका छन् । यसअघि पनि उनी अन्य जिल्लाहरुमा हेलिकप्टरबाटै यात्रा गरिरहेका थिए । विगठित संविधानसभामा उनी आफ्नो पार्टीका एकमात्र र समानुपातिकतर्फका सभासद थिए ।
प्रतिघण्टा लाख रुपैयाँ भन्दा बढी भाडा तिर्नु पर्ने हेलिकप्टरमा उडिरहेका ढकालको पार्टी संगठन भने बलियो देखिंदैन तर पनि उनले ठूला दलको विकल्पको रुपमा आफ्नो पार्टी भएको दाबी गरे ।
नयाँ नेपाल बनाउन नयाँ नेतृत्व र विचारको आवश्यकता रहेको बताएका ढकाल बाबुराम भट्टराई सरकारका पालामा सहकारी तथा गरीबी निवारण मन्त्री बनेका थिए ।
छेटु शेर्पा, सङ्खुवासभा

