समाचारशुक्रबार, कार्तिक २९, २०७०

खनालले भने, ‘प्रचण्ड कमरेड नढाँटनुस’

हिमालखबर

२९ कात्तिमा सिरहामा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी स्वच्छ प्रतिष्पर्धाको पक्षमा रहेको भन्दै कुनै पनि दल र नेताले छरेका भ्रमका पछि नलाग्न अपील गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुख्य दलहरुबीच शीर्ष नेताहरुलाई जिताउने सहमति भएको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यो झुठो भएको बताए । उनले भने, “कमरेड प्रचण्ड तपाइले छरेका भ्रमका पुलिन्दाहरु नेपाली जनताले बुझिसके, अब सिराहबासी स्वाभिमानी जनतालाई ढाँट्ने कोशिस नगर्नुहोला ।”

आफुसंग कुनैपनि दलका नेतालाई जिताउने गरी सहमती नभएको स्पष्ट पार्दै अध्यक्ष खनालले दाहाल भ्रम सिर्जना गरेर निर्वाचन जित्ने प्रपञ्चमा लागेको आरोप लगाए ।

उनले निर्वाचनको अन्तिम बेलासम्म पनि एमालेको कसैसँग तालमेल नहुने भन्दै निर्वाचन जित्नका लागि कुनै कसर बाँकी नराख्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>