समाचारशनिबार, मंसिर १, २०७०

तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति पक्राउ

हिमालखबर

भारतको बिहार राज्यको पटनाबाट मुक्तिलाई प्रहरीले २९ कात्तिक साँझ पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ । उनलाई पक्राउ गरी नेपाल ल्याईदै गरिएको बताईएको छ ।

मोर्चाका सैन्य कमाण्डर भाष्कर मुक्तिले शुक्रबारसम्म पटनामा रहेका मुक्ति अचानक सम्पर्कबिहिन हुन पुगेको बताएका छन् ।

को हुन राजन मुक्ति ?
धनुषाको लक्ष्मीपुर बगेवा–७ का रंजितकुमार झा(२८)को भूमिगत भएपछिको नाम हो राजन मुक्ति ।  उनी मधेस आन्दोलन अघिदेखि भूमीगत थिए । शुरुमा नागेन्द्र पासवान ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चामा रहेका उनले २०६६ मा आफ्नै नेतृत्वमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको गठन गरेका हुन ।
आन्तरिक राजश्व कार्यालयका खरिदारलाई गोली हानेपछि प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका मुक्तिले १८ बैशाख २०६९ मा ५ जनाको ज्यान जाने गरी जनकपुरको रमानन्द चौक बम विष्फोटको जिम्मेबारी समेत लिएका थिए । सञ्चार उद्दमी अरुण सिंघानियाँको हत्याको जिम्मेबारी सहित धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायत तराईका जिल्लाहरुमा भएका दुई दर्जनभन्दा बढी हत्या तथा अपहरणको घटनाको मुक्तिले जिम्मेबारी लिएका छन् ।

प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका मुक्ति समूहकै शूटर दिपक सिंह पक्राउ परेको महिना दिन नहुँदै उनी पक्राउ परेका हुन् ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>