समाचारशनिबार, मंसिर १, २०७०
अर्घाखाँचीमा सिलिण्डर बम
अर्घाखाँचीको डिभर्ना– ४ को विजय उच्च मावि नजिकै राखिएको सिलिण्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । विद्यालयदेखि दुई सय मिटर टाढा राखिएको बम चन्दननाथ गणबाट खटिएको टोलीले १ मंसिरमा निष्क्रिय पारेको हो ।
स्थानीयबासिन्दाले खबर दिएलगत्तै सेनाको टोली डिभर्ना पुगेर बम निष्क्रिय पारेको गणपति रामकाजी राना मगरले जानकारी दिए । बम कसले राखेको भन्ने थाहा हुन सकेको छैन ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

