समाचारशनिबार, मंसिर १, २०७०

गोरखामा एमाओवादीद्वारा सडक अवरोध

हिमालखबर

गोरखाको खैरेनीमा एमाओवादी कार्यकर्ताले यात्रुलाई रोकेका छन् । जिल्ला बाहिरबाट गोरखाबजार गइरहेका यात्रुलाई उनीहरुले गोरखाको खैरेनीमै रोकेका हुन् ।

‘लालकिल्लामा प्रवेश गर्न नपाईने’ भन्दै एमाओवादी कार्यकर्ताले जिल्ला प्रवेशमा रोक लगाइरहेको यात्रुले बताएका छन् । जिल्ला बाहिरबाट मतदानका लागि गोरखा गइरहेकालाई लक्षित गर्दै उनीहरुले गाडी नै रोकेका हुन् ।

उनीहरुले १ मंसिर बिहानैदेखि यात्रु र गाडी रोकिराखेका छन् । अगुवा प्रहरी चौकी अगाडी १३– १४ जनाको समूहले सडक अवरोध गरिरहँदा पनि प्रहरी भने मौन रहेको यात्रुले गुनासो गरे ।

हातमा लठ्ठी लिएका एमाओवादी कार्यकर्ताले बिहानैदेखि सडक अवरोध गर्दा यात्रु भने घर जान पाइरहेका छैनन् । उनीहरुले अरु दलका समर्थकलाई रोक्न सक्रियता देखाएको यात्रुले बताएका छन् ।

रामजी दाहाल, गोरखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>