थप समाचारशनिबार, मंसिर १, २०७०
उम्मेदवारको गाडीमा आगजनी
मकवानपुर क्षेत्र नम्बर– ४ का एमाले उम्मेदवार राजाराम स्याङतानले प्रयोग गर्दैआएको गाडीमा आगजनी भएको छ । मनहरी– ४ सिम्पानीमा २९ कात्तिक राती स्याङतानको घरमा राखेको बा ४ च ५११८ नम्बरको गाडीमा आगजनी भएको हो ।
स्याङतानले प्रयोग गरेको गाडीमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडीको अगाडीको भाग जलेको छ ।
आगजनी गर्नेको पहिचान हुन नसको प्रहरीले जनाएको छ ।
अशोक सुजन श्रेष्ठ, हेटौंडा
