समाचारआइतबार, मंसिर २, २०७०
मतपेटिका लुटियो
मकवानपुरको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत काकडा गाविसको सिलिङ्गे मतदान केन्द्रमा लैजाँदै गरिएको दुई वटा मतपेटिका १ मंसीर राति लुटिएको छ ।
मतपत्रलगायतका अन्य निर्वाचन सामग्री भने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।
निर्वाचन कार्यालयले २ मंसीर बिहानै थप सुरक्षाका साथ उक्त मतदान केन्द्रमा आवश्यक मतपेटिका पठाइसकेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए ।
मकवानपुर जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा गरी २९३ मतदान केन्द्र तथा उपकेन्द्र छन् भने जिल्लामा कार्यरत निजामती, जङ्गी तथा प्रहरी कर्मचारीका लागि पाँच वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।
जिल्लामा १ लाख ९२ हजार ३१८ मतदाता छन् ।
रासस
