समाचारआइतबार, मंसिर २, २०७०
पेट्रोल बम आक्रमणका घाइतेको निधन

फाइल तस्वीर: बम आक्रमणका घाइते चालक राजकुमार क्षेत्री र ट्रक धनी हरि प्रसाइँ नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराउँदै ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन २८ कात्तिक दिउँसो पूर्वपश्चिम राजमार्गको निजगढ पथलैया सडकखण्डमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार हुँदा तीन जना घाइते भएका थिए । घाइतेमध्ये ट्रक चालक राजकुमार क्षेत्रीको २ मंसीर बिहान शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।
प्रहरीको स्कर्टिङमा रहेको ना ३ ख ५६९७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार हुँदा ट्रक मालिक, चालक र सहचालक घाइते भएका थिए ।
बम लागि घाइते भएकाहरुलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका लागि लगिएकोमा गम्भीर अवस्थाका क्षेत्रीलाई २९ कात्तिक राति काठमाडौं ल्याइएको थियो ।
